[email protected] +977 9767421020, +977 9767421030

त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त

Affiliated to Tribhuvan University

फूलवारी क्याम्पस

PHULBARI CAMPUS

धनगडि १८, फूलवारी, कैलाली नेपाल

Dhangadi Sub-Metropolitan City-18, Kailali, Nepal

Nepal Flag
Latest Notices

Chairman Message

Message From the Chairman

कुम्भ गिरी

हाम्रा प्रिय अभिभावकज्यूहरू, विद्यार्थी भाइबहिनीहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक नमस्कार।

फूलवारी क्याम्पसले विभिन्न किसिमका परिस्थितीका वावजुद गुणस्तरीय शिक्षाको प्रवर्द्धनसँगै भौतिक तथा शैक्षिक पूर्वाधार विकासमा निरन्तर प्रयासरत रहेको जानकारी गराउन चाहन्छु। क्याम्पसमा सु–व्यवस्थित कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, सूचना प्रविधि (ICT) सुविधासहितको अध्ययन वातावरण, दक्ष तथा अनुभवी शिक्षकहरू र विद्यार्थी मैत्री शैक्षिक प्रणाली निमार्णमा दत्तचित्त भएर लागिरहेका छाै। हामीले समयानुकूल कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिएका छौँ। साथै, क्याम्पसको दीगो विकास र गुणस्तर अभिवृद्धिका लागि अभिभावक, शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी तथा सम्पूर्ण समुदायसँग समन्वय, सहकार्य र सहयोग अपरिहार्य छ। यहाँहरूको सक्रिय सहभागिता र साथले मात्र हाम्रो क्याम्पसलाई उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न सकिनेछ भन्ने विश्वास व्यक्त गर्दछु। उच्च शिक्षाकाे अवकाे गन्तव्य फूलवारी क्याम्पसलाइ बनाउन समुदाय अभिभावक तथा विद्यार्थीहरूकाे विश्वास नै प्रमुख आधार हुने भयकाले सबैको संयुक्त प्रयास बाट मात्र सम्भव हुन्छ भन्ने मान्यतामा बिस्वस्त छु । 

अन्त्यमा, सबैको साथ, सहयोग र विश्वासप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै क्याम्पसको समृद्धिका लागि निरन्तर सहकार्यको अपेक्षा राख्दछु।

 

श्री कुम्भ गिरी

अध्यक्ष, फूलवारी क्याम्पस सञ्चालक समिति

 

कुम्भ गिरी

अध्यक्ष