[email protected] +977 9767421020, +977 9767421030

त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त

Affiliated to Tribhuvan University

फूलवारी क्याम्पस

PHULBARI CAMPUS

धनगडि १८, फूलवारी, कैलाली नेपाल

Dhangadi Sub-Metropolitan City-18, Kailali, Nepal

Nepal Flag
Latest Notices
Banner
Discover Our Story

Who We Are

Introduction

Phulbari Campus Introduction

धनगढी उप–महानगरपालिका वडा न.–१८, फूलबारी कैलालीमा रहेको फूलबारी क्याम्पस वि.सं २०६६ (सन् २००९) मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो ।  यो संस्था फूलबारी क्षेत्रको उच्च शिक्षाको रूपमा स्थापित एक गैर नाफामूलक संस्था हो । यो एक समुदायमा आधारित सार्वजनिक क्याम्पस हो जुन बुद्धिजीवी, पेशाकर्मी, शिक्षाविद्, व्यवसायी, राजनीतिज्ञ, समाजसेवी, अभिभावक र स्थानीय जनताको संयुक्त प्रयासबाट स्थापित भएको हो । उचित र सुलभ शुल्कमा गुणस्तरीय शिक्षाको पहुँचको माध्यमबाट सभ्यता, उत्तरदायित्व र नैतिकतासहितको ज्ञानको गुण भएका ऊर्जावान, सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु क्याम्पसको मुख्य उद्देश्य हो । शान्तिपूर्ण र शैक्षिक वातावरणका साथ धनगढी शहरको पूर्वी भागमा अवस्थित फूलबारी क्याम्पस धनगढीबाट १८ किलोमिटर पूर्व र कैलारी गाउँपालिका कार्यालयबाट १२ किलोमिटर पश्चिममा अवस्थित छ । फूलबारी क्याम्पसको मुख्य क्षेत्र धनगढी उपमहानगरपालिका वडा नं १४, १८ र १९ र कैलारी गाउँपालिका हो । डोटी, बाजुरा, बझाङ र दार्चुला जिल्ला बाट समेत विद्यार्थी भर्ना हुने गरेका छन् ।

 

फूलबारी क्याम्पसले शिक्षा संकायमा स्नातक (बीएड) र व्यवस्थापन संकायमा ब्याचलर अफ बिजनेस स्टडिज (बिबिएस) कार्यक्रम सञ्चालन गर्दै आएको छ । आधुनिक शैक्षिक प्रणालीसहितको पूर्ण शैक्षिक वातावरण, र आधुनिक  शिक्षण सिकाइ विधिका माध्यमबाट  गुणस्तरीय शिक्षा  क्याम्पसले प्रदान गर्दै आएको छ । कम्प्युटर ल्याब, फिल्टर गरिएको शुद्ध पिउने पानी, निःशुल्क वाइफाइ इन्टरनेट, पुस्तकालय, क्यान्टिन, साइकल स्ट्यान्ड, पावर ब्याकअप, कम्प्युटराइज्ड एकाउन्टिङ तथा प्रशासनिक प्रणाली, अतिरिक्त क्रियाकलाप, आन्तरिक परीक्षा परीक्षा, मूल्याङ्कन र प्रतिक्रिया, छात्रवृत्ति, शैक्षिक भ्रमण, व्यावसायिक तालीम, शैक्षिक अभिमुखीकरण, विभिन्न खेलकूद तथा अन्य प्रतियोगितामा सहभागिता, प्रयोगात्मक परीक्षा र अन्य सान्दर्भिक शैक्षिक गतिविधि, सुविधा र सेवा उपलब्ध र सञ्चालन गरिएको छ ।

Dhangadi, Nepal