[email protected] +977 9767421020, +977 9767421030

त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त

Affiliated to Tribhuvan University

फूलवारी क्याम्पस

PHULBARI CAMPUS

धनगडि १८, फूलवारी, कैलाली नेपाल

Dhangadi Sub-Metropolitan City-18, Kailali, Nepal

Nepal Flag
Latest Notices

समाचार (News)

फूलवारी क्याम्पसमा अनुसन्धान सम्बन्धि क्षमता विकास कार्यशाला गाेष्ठि

Phulbari Campus News

फुलवारीमा अनुसन्धान सम्बन्धि शिक्षकको क्षमता विकास कार्यक्रम सम्पन्न

 सुदूरपश्चिम टाइम्स

 २०८१ जेष्ठ २९, मंगलवार १८:२२

twitter sharing buttonधनगढी । फुलवारीमा शिक्षकको अनुसन्धान सम्बन्धि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । धनगढी १८ फुलवारीमा रहेको फूलवारी बहुमुखी क्याम्पसको आयोजनामा जेठ २७ र २८ गते शिक्षकको शशक्तिकरणका लागि अनुसन्धानमा दक्ष र सक्षम बनाउन तालिम सम्पन्न गरिएको हो ।

दुई दिने क्षमता विकास कार्यक्रमको सुदूरपश्चिम प्रदेश सभाका सांसद रमेश सिंह धामीले  उद्घाटन गरेका थिए । तालिममा फूलवारी बहुमुखी क्याम्पस,चन्द्रोदय मावि,फूलवारी मावि,जनजागृति मावि,पवेरा मावि,गदरिया,बुलबुले क्याम्पस,चौमाला क्याम्पसका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक फूलवारी बहुमुखी क्याम्पसका प्रमुख बम बहादुर बमले जानकारी दिए ।

कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक डा.प्रयाग राज जोशी र प्रेमराज जोशीले सहभागीलाई अनुसन्धान सम्बन्धि प्रशिक्षण दिन दिएका थिए। कार्यक्रममा टेक्नोलोजिकल विभागमा फूलवारी बहुमूखीका प्रमुख बम बहादुर बमले सहजिकरण गरेका थिए ।

तालिम पछि शिक्षकहरु अनुसन्धान लेखनमा सक्षम र दक्ष हुन र सिकाइलाई कसरी प्रविधिमैत्री तरिकाले दक्ष र सक्षम बनाउन सकिन्छ भन्ने बाटो तर्फ शिक्षकहरुलाई अग्रसर बनाउन अपेक्षा गरिएको क्याम्पस प्रमुख बमले बताए ।